• निर्वाचन समाचार
advertisement

नरेन्द्रकुमार केरुङ

प्रदेश १ पाँचथर निर्वाचन क्षेत्र - १ (क )


नरेन्द्रकुमार केरुङ नेपाली कांग्रेस
उमेर / लिंग ४५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला पाँचथर
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १६०७८

नरेन्द्रकुमार केरुङ नेपाली कांग्रेसको तर्फबाट पाँचथर प्रदेशसभा १ (क) का उम्मेदवार हुन्। केरुङको जन्म २०२९ सालमा पाँचथरको फालेलुङ गाउँपालिका थोक्पनमा बुबा देवमान केरुङ र आमा देउकुमारी केरुङको कोखबाट भएको हो। केरुङले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। २०४५ सालमा नेविसंघबाट राजनीति थालेका उनले पाँचथर जिल्लाका नेपाल शिक्षक संघ, बिपी चिन्तन प्रतिष्ठान, ट्रेड युनियन कांग्रेस, प्रजातान्त्रिक प्राध्यापक संघको जिम्मेवारी सम्हाली सकेका छन्। उनी २०६७ देखि नेपाली कांग्रेस पाँचथरको सभापति छन्। २०४८ सालमा नेविसंघ पाँचथर सचिव, नेपाल शिक्षक संघ जिल्ला सहसचिव, बिपी चिन्तन प्रतिष्ठान पाँचथर सचिव, ट्रेड युनियन कांग्रेस पाँचथरको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। केरुङसँग सात वर्षको शिक्षण र ११ वर्षको प्राध्यापन अनुभव छ। उनी लेखापरीक्षकको रुपमा समेत काम गर्छन्। सम्पर्क : ९८५२६८१३२९

तपाईको प्रतिक्रिया