• निर्वाचन समाचार
advertisement

सुरेन्द्रकुमार दाहाल

प्रदेश १ पाँचथर निर्वाचन क्षेत्र - १ (ख )


सुरेन्द्रकुमार दाहाल नेपाली कांग्रेस
उमेर / लिंग ६३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला पाँचथर
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत १२११७

सुरेन्द्रकुमार दाहाल नेपाली कांग्रेसको तर्फबाट पाँचथर जिल्लाको प्रदेशसभा (ख) का उम्मेदवार हुन्। उनको जन्म २००९ सालमा तुम्बेवा गाउँपालिकामा बुबा चन्द्रबहादुर दाहाल र आमा सुभद्रा दाहालको कोखबाट भएको हो। स्नातक तहसम्मको अध्ययन गरेका दाहाल २०२९ सालदेखि राजनीतिमा संलग्न छन्। उनी २०३२ सालमा वडाध्यक्ष गाउँ पञ्चायत, २०३६ सालमा बहुदल पक्षीय जिल्ला प्रचार समिति सदस्य, २०३९ सालमा प्रधान पञ्च  भए। उनी २०४६ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरको सदस्य, नेपाली कांग्रेसको आठौँ अधिवेशनदेखि महाधिवेशन प्रतिनिधि भए। हाल उनी कांग्रेसको महासमिति सदस्य छन्। उनी २०५४ सालमा जिल्ला विकास समिति सदस्य, २०५६ सालमा गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष, २०६२ सालमा नेपाली कांग्रेस पाँचथरको सचिव भए। हाल उनी बिपी चिन्तन प्रतिष्ठान पाँचथरको अध्यक्ष छन्।  

तपाईको प्रतिक्रिया