• निर्वाचन समाचार
advertisement

हरिप्रसाद रिजाल

प्रदेश ५ प्यूठान निर्वाचन क्षेत्र - १ (क )


हरिप्रसाद रिजाल नेकपा एमाले
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला प्यूठान
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत २०४४२

हरीप्रसाद रिजाल नौवहिनी गाउँपालिका ४ स्थित लुङमा वि.सं २०२२ साल मंसीर २ गते जन्मिएका हुन् । उनको आमाको नाम धनी रिजाल र बुवाको नाम रामप्रसाद रिजाल हो । उनले आइ.एल.सम्मको अध्ययन गरेका छन् । नेकपा एमाले प्यूठानका निवर्तमान अध्यक्ष रिजालको राजनीतिक यात्रा २०३६ सालदेखि भएको हो । २०३६ सालमा उनी अनेरास्ववियू प्यूठानको संस्थापक अध्यक्ष भएका थिए । २०३७ साल चैतमा रिजाल एक महिनाजति प्यूठानको हिरासतमा बस्नुपरेको थियो । २०३८ सालमा उनले चितवनको नवलपरासीमा एकवर्ष भूमीगत जीवन बिताए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी जिल्ला विकास समिति प्यूठानको उपसभापती भए । मोवाइल नं: ९८५७८३२९०४

तपाईको प्रतिक्रिया