• निर्वाचन समाचार
advertisement

झलनाथ खनाल

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - १


झलनाथ खनाल नेकपा एमाले
उमेर / लिंग ६८ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३६८०५

झलनाथ खनाल  नेकपा एमालेको तर्फबाट इलाम-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २००६ चैत्र ६ गते इलामको साँखेजुङमा बुबा पुंगनाथ खनाल र आमा मधुमाता खनालको कोखबाट भएको हो। खनालले स्नातक तहसम्मको अध्ययन गरेका छन्। उनी २०२५ सालदेखि राजनीतिमा सक्रिय छन्। विगतमा लामो समय भूमिगत एवम् बन्दी जीवन बिताएका खनालसँग शिक्षण पेसाको अनुभव समेत छ। नेकपा एमालेका पूर्व अध्यक्ष समेत रहेका खनाल पूर्व प्रधानमन्त्री हुन् । २०६७ माघ २० मा प्रधानमन्त्री बनेका  खनाल एमालेका वरिष्ठ नेता पनि हुन्।  इलाम  क्षेत्र नं. १ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित खनाल   पटक पटक मन्त्री पनि भए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिवसम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका खनाल २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले  २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनीतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरेका हुन्।  राजनीतिक जीवनको सुरूवातसंगै विज्ञान विषयको शिक्षकका रूपमा जागिरे जीवन समेत बिताए। खनाल २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए। राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सक्रिय भएका थिए। २०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव रहे। २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गरेका खनाल २०६४ सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेले लज्जास्पद पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनालले एमाले महासचिवको जिम्मेवारी सम्हालेका थिए। सम्पर्क : ९८५११०८१९९  jhalanath1950@gmail.com

तपाईको प्रतिक्रिया