• निर्वाचन समाचार
advertisement

सुवासचन्द्र नेम्वाङ

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - २


सुवासचन्द्र नेम्वाङ नेकपा एमाले
उमेर / लिंग ६५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३६५१७

सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको तर्फबाट इलाम –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुुन्। उनको जन्म २००९ फागुन २८ गते इलाम नगरपालिका–७ मा बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्दकुमारी नेम्वाङको कोखबाट भएको हो। कानुनमा स्नातक नेम्वाङ २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्। उनले २०३३ सालमा राजकाज मुद्दामा जेल जीवन बिताएका थिए। नेम्वाङसँग लामो समय कानुन व्यवसाय र शिक्षण अनुभव छ। उनी २०४८ र २०५२ सालमा दुई पटक राष्ट्रिय सभाको अध्यक्ष भएका थिए। उनले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनी संविधानसभा पूर्व अध्यक्ष समेत हुन्। नेम्वाङ अहिले एमाले संसदीय दलको उपनेताको जिम्मेवारीमा छन्। नेता नेम्वाङ एमालेभित्र सालिन र बौद्धिक नेताको रुपमा चिनिन्छन्। सम्पर्क : ९८५१०७०३२२                                  

तपाईको प्रतिक्रिया