• निर्वाचन समाचार
advertisement

केपी शर्मा ओली

प्रदेश १ झापा निर्वाचन क्षेत्र - ५


केपी शर्मा ओली नेकपा एमाले
उमेर / लिंग ६६ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत ५७१३९

केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट झापा-५ का प्रतिनिधी सभासदस्य उम्मेदवार हुन्। ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्। ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट औपचारिक पढाइ सुरु गरेका थिए। उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो। डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो। २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए। 

नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे। त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्। 

तपाईको प्रतिक्रिया