• निर्वाचन समाचार
advertisement

भीष्मराज आङदेम्वे

प्रदेश १ पाँचथर निर्वाचन क्षेत्र - १


भीष्मराज आङदेम्वे नेपाली कांग्रेस
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला पाँचथर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २८०२५

भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको तर्फबाट  पाँचथर जिल्लाको प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२२ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकामा बुबा घनेन्द्रराज आङदेम्बे र आमा डम्बर कुमारी आङदेम्बेको कोखबाट भएको हो । कानुुनमा स्नातक उनी २०३६ सालदेखि राजनीतिमा संलग्न छन् । आङदेम्बे २०४१ सालमा नेविसंघ केन्द्रीय सदस्य, २०५१ सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य, २०५६ सालमा नेपाल दरुण दल केन्द्रीय उपाध्यक्ष भएर काम गरेका नेता हुन् । २०५९ देखि नेपाली कांग्रेस केन्द्रीय सदस्य रहेका उनी     दोस्रो संविधान सभाको सदस्य थिए । उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वद्र्धन समितिको सभापतिको रुपमा समेत काम गरे । आङदेम्बेले पटक पटक गरी अढाई बर्ष बन्दी जीवन बिताए । सम्पर्क : ९८५१११७९८१

तपाईको प्रतिक्रिया