• निर्वाचन समाचार
advertisement

केशवप्रसाद दाहाल

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १


केशवप्रसाद दाहाल नेपाली कांग्रेस
उमेर / लिंग ६७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ताप्लेजुङ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १६८८८

केशवप्रसाद दाहाल नेपाली कांग्रेसको तर्फबाट ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार हुन्। उनको जन्म २००७ असोज १३ गते बाबु तुलसीप्रसाद दाहाल र आमा हर्कमाया दाहालको कोखबाट भएको हो। स्नातक तहसम्मको अध्ययन गरेका उनी २०३९ सालदेखि सक्रिय राजनीतिमा छन्। उनी जिल्ला कार्य समिति सदस्य, २०५४ सालमा जिल्ला सहसचिव, २०५७ मा जिल्ला पार्टी सचिव हुँदै २०६७ सालमा जिल्ला सभापति भए। उनी कांग्रेसको आठौं महाधिवेसनदेखि हालसम्म महासमिती सदस्य छन्। दाहाल २०२६ सालदेखि २०३९ सालसम्म शिक्षण पेशामा आवबद्ध थिए। दाहालसँग २०५७ सालमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष, २०५८ सालमा नगरविकास समिति अध्यक्ष, २०५४ सालमा पाथिभरा क्षेत्र विकास समितिको अध्यक्ष भएर काम गरेको अनुभव छ। नेता दाहाल गत २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको मेयरमा पराजित भएका हुन्।  सम्पर्क : ९८४२६६०६९५ 
 

तपाईको प्रतिक्रिया