• निर्वाचन समाचार
advertisement

योगेशकुमार भट्टराई

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १


योगेशकुमार भट्टराई नेकपा एमाले
उमेर / लिंग ५१ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ताप्लेजुङ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २९४७९

योगेश भट्टराई वाम गठबन्धनको तर्फबाट ताप्लेजुङ जिल्लाको प्रतिनिधिसभाका उममेृदवार हुन्। उनको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो। भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका थिए। उनी २०४० सालमा पञ्चाय विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परे। २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भए। २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए। २०६२-६३ को जनआन्दोलनमा एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौं महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भए। भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए। सम्पर्क ९८५१०२३६५६
 

तपाईको प्रतिक्रिया