• निर्वाचन समाचार
advertisement

डिगबहादुर लिम्वु

प्रदेश १ मोरंग निर्वाचन क्षेत्र - १


डिगबहादुर लिम्वु नेपाली कांग्रेस
उमेर / लिंग ५४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला मोरंग
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३१४३६

राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण डिगबहादुर लिम्बू नेपाली कांग्रेस मोरङका सभापति हुन्। विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गरेका लिम्बू दोस्रो संविधान सभा निर्वाचन २०७० मा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै तत्कालिन मोरङको निर्वाचन क्षेत्र नम्बर ९ बाट विजयी भए।

उनी पार्टीको नगर सदस्य, क्षेत्रीय प्रतिनिधी, जिल्ला सदस्य, संगठन विभाग प्रमुख, महासमिति सदस्यहुँदै जिल्ला सभापति भइसकेका छन्। उनको जन्म २०२० सालमा भएको हो । २०४० सालबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर कांग्रेसको राजनीति सुरु गरेका उनी विभिन्न समय गरेर सात महिना जेल परिसकेका छन्।

स्वच्छ छवि भएका सालिन नेताका रुपम चिनिने लिम्बू मोरङका लोकप्रिय नेताका रुपमा परिचित छन्। उनका श्रीमती, एक छोरा र एक छोरी  छन्।

तपाईको प्रतिक्रिया