• निर्वाचन समाचार
advertisement

महेश आचार्य

प्रदेश १ मोरंग निर्वाचन क्षेत्र - ४


महेश आचार्य नेपाली कांग्रेस
उमेर / लिंग ६३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला मोरंग
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत २६८००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको जन्म विक्रम संवत २०११ साल साउन २२ गते मोरङको विराटनगर ३ मा भएको हो। उहाँको बुबाको नाम गणेशप्रसाद आचार्य र आमाको नाम शान्ता आचार्य हो।
आचार्य पञ्चायती कालदेखि नै राजनीतिमा होमिनुभएको हो। वीपी कोइराला परिवारका भान्जा भएकाले उहाँलाई बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिले आकर्षित गरेको थियो। वीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुसँगै उहाँ पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सरिक हुनुभयो।
२०४६ साल र २०६२/०६३ को आन्दोलनमा पनि उहाँ सकृतापूर्वक सहभागी हुनुभएको थियो। नेपाल विद्यार्थी संघको बिभिन्न कमिटी हुँदै उहाँले नेपाली कांग्रेसको बिभिन्न ईकाई तथा संगठनमा बसेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ। पूर्व अर्थमन्त्री, पूर्ववनमन्त्री समेत रहेका आचार्य हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ।

तपाईको प्रतिक्रिया