डा. शेखर कोइराला
प्रदेश १ मोरंग निर्वाचन क्षेत्र - ६
| उमेर / लिंग | ६७ //पुरुष |
|---|---|
| पार्टी | नेपाली कांग्रेस |
| गठबन्धन | लोकतान्त्रिक गठबन्धन |
| प्रदेश | प्रदेश १ |
| जिल्ला | मोरंग |
| युनिट | निर्वाचन क्षेत्र - ६ |
| प्राप्त मत | ३३२६६ |
शेखर कोइला मोरुङ ६ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । नेपाली कांगे्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । शेखर कोईराला केशव कोईराला तथा कांग्रेसकी एक समयकी चर्चित नेता नोना कोईरालाका छोरा हुन्।
राजनीतिक परिवारमा जन्मिएका शेखर कोईरालाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै राजनीतिमा सक्रिय कोईरालालगायतले मोरङ क्याम्पसको नाम अगाडि राजा महेन्द्रको नाम थप्दा कडा विरोध गरेको थियो। वीपी कोईरालालको परिवारको सदस्य भएकाले कोईरालाले कुनै पदमा नबसे पनि सक्रिय भएर कांग्रेसका लागि काम गरे।
वीर अस्पताल, कोशी अञ्चल अस्पताल, बी
कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक भएर काम गरे । वीपी कोईराला भारत निर्वासनबाट फर्किँदा शेखर कोईराला पक्राउ परी तीन महिना जेल बसे । त्यतिबेला कोईराला वीर अस्पतालमा चिकित्सक थिए । वीपीलाई हाउस एरेष्ट गरेर राखिएको बेला कोईरालाले तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाइँको पत्र लिएर आएका थिए।
पेशाले फिजिसियन कोइरालाले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष र उपकुलपति भएर काम गरे। अवकास हुन एक वर्ष मात्रै बाँकी छँदा कोईराला चिकित्सक पेशा छोडेर पार्टीको पूर्णकालीन राजनीतिमा होमिए। दिल्लीमा चिकित्साशास्त्र पढ्दा हालका एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईसँग चिनजान भएका कोईरालाले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाले जिम्मेवारी दिएपछि कोईरालाले माओवादीसँगको संवादमा महत्वपूर्ण भूमिका खलेका थिए । कृष्णप्रसाद सिटौलासँग मिलेर शान्ति प्रक्रियाका लागि काम गर्दा नेपाली कांग्रेस भित्रैबाट उनको चर्को आलोचना समेत भएको थियो।
कोइराला २०६४ सालको संविधानसभा निर्वाचनमा सुरुमा मोरङ क्षेत्र नम्बर ७ बाट तत्कालिन मधेसी जनअधिकार फोरम, नेपालका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजीत भएका थिए। गच्छदारले सो क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा कोइराला १२ हजार ७१ मत प्राप्त गरी विजयी भएका थिए । विजयी भएर संविधानसभा सदस्य भएका हुन्। २०७० सालको चुनावमा पनि कोइराला १२ हजार ९ सय मत प्राप्त गरी सोही क्षेत्रबाट विजयी भएका हुन्।