• निर्वाचन समाचार
advertisement

बलबहादुर केसी

प्रदेश १ सोलुखुम्बु निर्वाचन क्षेत्र - १


बलबहादुर केसी नेपाली कांग्रेस
उमेर / लिंग ६४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला सोलुखुम्बु
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १७२९४

बल बहादुर केसीको जन्म २०१० साल साउन २ गते सल्यान ३ सोलुखुम्बुमा भएको हो। उनका बुबाको नाम लालबहादुर खत्री र आमाको नाम महेश्वरी केसी खत्री हो। उनले विद्यार्थी संगठनबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। 

केसीले २०२७ सालमा नेविसंघ, महेन्द्ररत्न कलेजको सभापति पद सम्हालेका थिए। २०४० देखि ०४४ सालसम्म नेविसंघका केन्द्रीय अध्यक्षसमेत रहेका केसीले नेपाली कांग्रेस, सोलुको सचिव समेत भएर काम गरे। 

बहुदलिय व्यवस्था पछिको पहिलो आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधि निर्वाचन २०५१ र २०५६ र २०७० सालको संविधान सभा निर्वाचनमा सोलुखुम्बुबाट लगातार जीत हासिल गरेका  थिए। 

केसी २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री, २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री, सामान्य प्रशासन र श्रम मन्त्री तथा २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेका छन्। 

२०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहँदै आएका केसीले २०४२ सालमा सत्यग्रह आन्दोलनको संयोजक भएर काम गर्नुभएको थियो । २०६२र०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं उपत्यकाको चावहिल क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका केसीले राजनीतिक यात्रामा पटक पटक गरी ७ बर्ष जेल जीवन बिताउनुभएको छ ।
 

तपाईको प्रतिक्रिया