नारायण खड्का
प्रदेश १ उदयपुर निर्वाचन क्षेत्र - १
| उमेर / लिंग | ६९ //पुरुष |
|---|---|
| पार्टी | नेपाली कांग्रेस |
| गठबन्धन | लोकतान्त्रिक गठबन्धन |
| प्रदेश | प्रदेश १ |
| जिल्ला | उदयपुर |
| युनिट | निर्वाचन क्षेत्र - १ |
| प्राप्त मत | ३३१४२ |
डा.नारायण खड्का उदयपुर १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २००५ साल चैत्र ७ गते भोजपुरमा जन्मिएका हुन् ।उनका बुबा चित्रबहादुर खड्का र आमा धर्मकुमारी खड्का हुन् । नेता खड्काले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।
२०२३ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका खड्का २०५६ सालमा प्रधानमन्त्रीको सल्लाहकार भएका थिए । साथै खड्का २०५७ सालमा योजना आयोगका उपाध्यक्ष भएका थिए। २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा उदयपुर क्षेत्रन. १ बाट निर्वाचित सांसद भएक खड्काका श्रीमती र एक छोरी छन्।