• निर्वाचन समाचार
advertisement

प्रदिप गिरी

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - १


प्रदिप गिरी नेपाली कांग्रेस
उमेर / लिंग ६५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सिराहा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २३९५१

बौद्धिक नेताका रूपमा परिचित प्रदीप गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। आफ्ना बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा राजनीतिमा संलग्न भएको र २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेका हुन्।

राजनैतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताएका छन्। उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष भएका थिए।

२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए। २०६४ र ७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा भने उनी समानुपातिक सभासद थिए।

तपाईको प्रतिक्रिया