• निर्वाचन समाचार
advertisement

विमलेन्द्र निधि

प्रदेश २ धनुषा निर्वाचन क्षेत्र - ३


विमलेन्द्र निधि नेपाली कांग्रेस
उमेर / लिंग ६१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला धनुषा
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २७८२८

विमलेन्द्र निधि २०१३ साल असोज १० गते धनुषाको नगराईनमा जन्मेका हुन्। उनी नेपाली कांग्रेसका पुराना नेता महेन्द्रनारायण निधिका छोरा हुन्।उनकी आमाको नाम प्रेमसागरी निधि हो 
मानविकीमा स्नातकोत्तर उत्तीर्ण गरेका निधि बि.सं. २०२६ सालदेखि राजनीतिमा होमिएका हुन्।

उनी नेपाली कांग्रेसका महामन्त्री र बिभिन्न सरकारमा उपप्रधानमन्त्री सहित गृह, सामान्य प्रशासन मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री पनि भइसकेका छन्। राजनीति गर्ने क्रममा उनी झण्डै ६ वर्ष जेल परेका छन्। 

आफ्ना बुबा कांग्रेसका शीर्ष नेता महेन्द्रनारायण निधिको प्रेरणाले सानै उमेरमा राजनीतिमा संलग्न भएका निधि १२ वर्षको उमेरमा नै जेल परेका थिए। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर निधिले एसएलसी सम्मको परीक्षा जेलबाटै दिएका थिए। 
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी