• निर्वाचन समाचार
advertisement

गिरिराजमणि पोखरेल

प्रदेश २ महोत्तरी निर्वाचन क्षेत्र - १


गिरिराजमणि  पोखरेल नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला महोत्तरी
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २३७७६

गिरीराजमणि पोखरेल नेकपा माओवादी केन्दको तर्फबाट महोत्तरी १ प्रतिनिधिसभा सदस्य उममेदवार हुन् । उनको जन्म २०१५ सालमा बाबु चन्द्रमणि पोखरेल र आमा कनककुमारी पोखरेलको कोखबाट भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गरेका पोखरेल २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । २०३८ सालमा अनेरास्ववियुको छैठौंको सातौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका पोखरेल २०४१ सालमा विद्यार्थी संगठको आठौं राष्ट्रिय सम्मेलनबाट विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष भए । नवौं राष्ट्रिय सम्मेलनबाट पुन अध्यक्ष पदमा निर्वाचित भए । २०६४ र २०७० सालको संविधानसभा निर्वाचन महोत्तरी क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओबादीको तर्फबाट निर्वाचित भए । दुई पटक स्वास्थ्यमन्त्री र एक पटक शिक्षामन्त्री भएका पोखरेल हाल विना विभागीयमन्त्री छन् । उनी नेकपा माओवादी केन्द्रको  हेडक्वाटर सदस्य समेत छन् । 
सम्पर्क नं ः ९८५११०४०६३
 

तपाईको प्रतिक्रिया