• निर्वाचन समाचार
advertisement

जंगीलाल राय

प्रदेश २ सर्लाही निर्वाचन क्षेत्र - २


जंगीलाल राय नेपाली कांग्रेस
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सर्लाही
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १८९७६

जंगीलाल राय सर्लाही क्षेत्र २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। बुबा हरिनारायण  राय र आमा मन्तोरिया देवीको कोखबाट २०१९ साल मंसिर ४ गते जन्मिएका रायले विज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण गरेका छन्। २०५१ सालमा नेपाली कांग्रेसको बागी भइ स्वतन्त्रबाट चुनाव लडेका राय २०५४ मा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका हुन्। तराई मधेश लोकतान्त्रिक पार्टीको गठन भएपछि सो पार्टीमा प्रवेश गरेका राय २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजय भोगेका राय २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा विजयी भएका थिए। तमलोपाको महामन्त्री भइ काम गरेका राय पुन कांग्रेसमा प्रवेश गरी चुनाव लड्दै छन्। सम्पर्क  ९८४४०३२४९४

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी