• निर्वाचन समाचार
advertisement

हरिवोल प्रसाद गजुरेल

प्रदेश ३ सिन्धुली निर्वाचन क्षेत्र - २


हरिवोल प्रसाद गजुरेल नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुली
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३०१७९

नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १२ हजारको मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। माओवादी केन्द्रका 
गजुरेलले ३० हजार १ सय ७९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिपजंग थापालाई १२ हजार मतले पछाडि पार्दै प्रतिनिधिसभा सदस्य विजयी भए।

गजुरेल २०११ सालमा सिन्धुलीमाढी च्याउँकोटमा मध्यमवर्गीय किसान परिवारमा आमा लालमायाँ र बुबा लीलानाथका छैटौं सन्तानका रुपमा जन्मिएका हुन्। कमला मावि कमलामाई नगरपालिका–४, ढुंग्रेबास सिन्धुलीबाट एसएलसी गरेका गजुरेलले आइकम महेन्द्र रत्न क्याम्पस र विकम शंकरदेव क्याम्पस काठमाडौंबाट गरेका छन्। गजुरेलको बाल्यकाल दलित समुदायको अन्तरघुलनमा बित्यो।
 
त्यही संगतले उत्पीडित वर्गप्रति गहिरो सदभाव पैदा गरायो र उनीहरुप्रति सेवाभाव जागृत गरायो। यहि पृष्ठभुमीका कारण उनी युवा अवस्थामा महात्मा गान्धीको विचारबाट प्रभावित हुन पुगे। संयोगवस प्रिन्स क्रोप्टोकिनको पुस्तक अ फ्यू वल्र्डस टु युथ को अध्यनपछि उनलाई उत्पीडितहरुको वास्तविक सेवा गर्नका लागि समाजवादबाहेक कुनै विकल्प छैन भन्ने वोध भयो। समाजवादी लक्ष्य हाँसिल गर्न उनी २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा सहभागी हुन पुगे। 

गजुरेलले २०३३ सालमा औपचारीक रुपमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे। त्यतिबेलैदेखि उनी पार्टीमा पूर्णकालिन बनेर लागे। २०३४ सालमा पार्टीको सिन्धुली जिल्ला सचिवालय सदस्य र २०४२ सालमा केन्द्रीय सदस्य भएका गजुरेल २०४७ सालमा मोहन विक्रम सिंहको जडशुत्रीय संशोधनवादविरुद्ध क.बाबुराम भट्टराईसहितको विद्रोहको नेतृत्व गरी प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा एकतावद्ध भए। 

२०५२ साल फाल्गुण १ गते जनयुद्ध सुरु गर्दा पूर्वी क्षेत्रको सिन्धुलीगढी चौकी माथिको फौजी कारवाहीको नेतृत्व गरेका गजुरेलले २०६२ साल माघमा भोजपुरको घोडेटार सैन्य क्याम्प माथिको आक्रमणमा फिल्ड कमीसार र २०६२ चैत्रमा सर्लाहीको सदरमुकाम मलङ्गवा कार्वाहीको योजना निर्माणमा नेतृत्वदायी भुमीका निर्वाह गेका गजुरेलले २०३५, २०४५, २०४६ र २०५५ सालमा गरी जम्मा २ वर्ष ४महिना नेपाल र भारतका विभिन्न हिरासतमा र जेलमा बन्दी जीवन बिताएका छन्। २०६२ र ०६३ सालको जनआन्दोलन पछिको शान्ति सम्झौता पछि सार्वजनिक भएका गजुरेलले पूर्वी कोचीला राज्य इन्चार्ज र मधेश व्युरो इन्चार्जको भुमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। 

प्रचण्ड नेतृत्वको सरकारमा उच्चस्तरीय भूमिसुधार आयोगको अध्यक्षको भूमीका समेत निर्वाह गरिसकेका गजुरेल पार्टीको केन्द्रीय सचिवालय सदस्यको रुपमा क्रियासिल छन। २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका उनी ९ महिना कृषि मन्त्री समेत बनेका हुन्। सम्‍पर्क  ९८५११११४५७

तपाईको प्रतिक्रिया