• निर्वाचन समाचार
advertisement

अग्निप्रसाद सापकोटा

प्रदेश ३ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र - १


अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुपाल्चोक
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४०५०४

अग्नीप्रसाद सापकोटा सिन्धुपाल्चोक १ नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी बुबा धनपति सापकोटा तथा आमा तिलमाया सापकोटाको कोखबाट २०१४ साल फागुन २४ गते जन्मिएका हुन्। समाजशास्त्रमा स्नातकोत्तर सापकोटा २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । २०४८ सालमा प्रतिनिधिसभा सदस्य उमेदवार रहेका उनी २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०५१ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएका सापकोटा २०५२ माघ देखि भूमिगत भए । २०५७ सालमा पोलिटव्यूरो सदस्यमा निर्वाचित सापकोटा २०५८ मा पार्टीबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी भएका थिए । २०६४ मा संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सापकोटा वन तथा भूसंरक्षण मन्त्री भएका थिए। हाल  सापकोटा नेकपा माओवादी केन्द्रको कार्यालयका सदस्य हुन् । सम्‍पर्क ९८५१११०५०१

तपाईको प्रतिक्रिया