• निर्वाचन समाचार
advertisement

पशुपति शम्शेर ज.ब.रा

प्रदेश ३ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र - २


पशुपति शम्शेर ज.ब.रा राप्रपा प्रजातान्त्रिक
उमेर / लिंग ७७ //पुरुष
पार्टी राप्रपा प्रजातान्त्रिक
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला सिन्धुपाल्चोक
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३०३६९

पशुपतिशमशेर राणा सिन्धुलपाल्चोक २ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का प्रतिनिधिसभा सदस्य उमेदवार हुन् । वि.स. १९९८ सालमा जन्मेका राणाको स्थायी ठेगाना महाराजगंज काठमाडौं हो। बेलायतबाट स्नातक उत्तिर्ण  राणाले २०२९ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । राणा २०२९ सालमा सिन्धुपाल्चोक जिल्लाको पञ्चायत उपसभापति र राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । चार पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका राणा २०४८, २०५१ र २०५६ मासिन्धुपाल्चोक ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनी राप्रपाको महामन्त्री हुँदै अध्यक्ष भए । पञ्चायत र बहुदल पछि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी लिएका राणा हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष हुन् । सम्‍पर्क ९८५१०४८९५०

तपाईको प्रतिक्रिया