• निर्वाचन समाचार
advertisement

प्रकाशमान सिंह

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - १


प्रकाशमान सिंह नेपाली कांग्रेस
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १०९३६

प्रकाशमान सिंह काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। २०४६ सालको जनआन्दोलका कमाण्डर गणेशमान सिंह र आमा मंगलादेवीको छोरा प्रकाशमानको जन्म २०१२ साल चैत्र २१ गते काठमाडौं १६, क्षेत्रपाटीमा भएको हो। उनले विद्यार्थी अवस्थामै राजनीतिक यात्रा सुरु गरेका हुन्। राजनीति गर्ने क्रममा सिंहले करिब २ वर्ष बन्दी जीवन विताएका छन्। उनले तथ्याङ्क शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

सिंहले काठमाडौं जिल्ला नेपाली कांग्रेसको सभापति र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उपसभापति भएर काम गरिसकेका छन्। जनसंख्या तथा वातावरण, स्थानीय विकास, आपूर्ति, र भौतिक योजना तथा निर्माणमन्त्रीको कार्यभार सम्हालिसकेका सिंहले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए। २०६२ र ०६३ को लोकतान्त्रिक आन्दोलनमा सिंहले सक्रिय भूमिका निभाएका थिए। २०३४ सालदेखि राजनीतिक यात्रा सुरु गरेका सिंह २०६४ सालको संविधानसभा चुनावमा काठमाडौं जिल्ला क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रदिप नेपाललाई पराजित गर्दै विजयी भएका थिए। 

सिंहले १४ हजार ३ सय १८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका नेपालले ६ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए। त्यस्तै एकीकृत नेकपा माओवादीका डा. राममान श्रेष्ठले ४ हजार ८ सय ३६ मत प्राप्त गरेका थिए। उनी दोस्रो संविधानसभाको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट नै विजयी भएका थिए। सिंहका पत्नी र दुई छोरा छन्।
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी