• निर्वाचन समाचार
advertisement

रवीन्द्र मिश्र

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - १


रवीन्द्र मिश्र विवेकशील साझा पार्टी
उमेर / लिंग ५२ //पुरुष
पार्टी विवेकशील साझा पार्टी
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १०११८

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। २०२२ साल असार १९ गते बुबा मनुजबाबु र आमा रमला मिश्रको कोखबाट काठमाडौंको बौद्ध महांकालमा जन्मिएका मिश्र सात महिनाअघि मात्र राजनीतिमा प्रवेश गरेका हुन्। लामो समय पत्रकारिता गरेका मिश्र बीबीसी नेपाली सेवाका पूर्व प्रमुख हुन्।  मिश्र परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका संस्थापक समेत हुन्। 

मिश्रका 'खान पुगोस् दिन पुगोस्', 'भूमध्यरेखा' र 'रवीन्द्र मिश्रका कविता'लगायत पुस्तक प्रकाशित छन्।मिश्रले बेलायतको लण्डनबाट अन्तराष्ट्रिय राजनीति, पाकिस्तानबाट पत्रकारिता र नेपालबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।   ‘व्यक्ति बन्ने तर देश नबन्ने’ दशकौंको बिडम्वनालाई सदाका लागि अन्त्य गर्ने दृढताका साथ सुसंस्कृत राजनीतिक शक्ति निर्माणमा जुट्न मिश्रले सात महिनाअघि बीबीसीबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्। मिश्र कल्याणकारी समाज र कल्याणकारी राज्यका प्रवल वकालतकर्ता हुन्।
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी