• निर्वाचन समाचार
advertisement

दीपक प्रसाद कुईकेल

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - २


दीपक प्रसाद कुईकेल नेपाली कांग्रेस
उमेर / लिंग ५१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १४९०२

दिपकप्रसाद कुइँकेल काठमाडौं २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । नेपाली कांग्रेसका नेता दिपक कुइँंकेलको जन्म २०२३ साल मंसिर ८ गते काठमाडौंको कागेश्वरीमनहरा नगरपालिकामा भएको हो ।

सानैदेखि सामाजिक काममा सक्रिय कुइँकेल अमृत साइन्स कलेजमा पढ्दै गर्दा २०३९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएका हुन् । २०४६ सालमा नेविसंघको काठमाडौं जिल्ला कार्य समतिको सदस्य भएका कुइँंकेल २०४९ सालमा पार्टीको क्षेत्रीय कमिटीमा रहेर काम गरेका थिए । त्यसपछि महाधिवेशन प्रतिनिधि भएका उनी २०५७ सालमा क्षेत्रीय सभापति भएका हुन् । २०५५ सालमा प्राध्यापक संघको केन्द्रीय कोषाध्यक्ष भएका दिपक नेपाली कांग्रेस पार्टीको महासमिति सदस्य भएका हुन् ।

२०६४ सालमा पहिलो पटक उम्मेदवार भएका कुइँकेलले २०७० सालको चुनावमा टिकट पाएनन् । उनको क्षेत्रमा कांग्रेस पराजित भयो । तर दुई क्षेत्रबाट विजयी भएका एमाले नेता माधवकुमार नेपालले यो क्षेत्र छाडेपछि २०७१ सालको असारमा भएको उपचुनावमा उम्मेदवार भएका कुइँकेल झण्डै ५ हजार मतान्तरले विजयी भएका थिए । संविधानसभामा उनले नागरिक सुझाव संकलन समिति, अर्थ समिति र संसदको महाअभियोग समितिमा रहेर विभिन्न काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी