• निर्वाचन समाचार
advertisement

माधवकुमार नेपाल

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - २


माधवकुमार नेपाल नेकपा एमाले
उमेर / लिंग ६५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २७३६६

माधवकुमार नेपाल काठमाडौं २ वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । एमाले वरिष्ठ नेता काठामाडौं २ बाट पहिलो संविधानसभा निर्वाचितमा पराजित भएका थिए  भने दोस्रो संविधानसभाको चुनावमा निर्वाचित भएका थिए । 

नेता नेपाल पूर्व प्रधानमन्त्री समेत हुन् । नेपाल २०६६ साल जेठ ९ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । २००९ सालमा गौर रौतहटमा जन्मिएका नेपालले कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् । २०६५ सालमा संवैधानिक समितिको सभापति भएका नेपाल २०६२ र ०६३ को ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

नेपाल एमालेको छैटौं महाधिवेशन ०५४ र सातौं महाधिवेशन ०५९ बाट उनी महासचिवमा पुनःनिर्वाचित भएका थिए । २०३५ देखि २०५० सम्म नेकपा एमालेको विदेश विभाग प्रमुख भएका नेपाल पहिलो संसदीय निर्वाचन परिचालन कमिटी २०४८ को संयोजकको भूमिकामा थिए ।  

उनी २०४७ सालमा नेकपा एमालेको पोलिटव्युरो सदस्य, २०४६मा संयुक्त वाममोर्चाको सदस्य, २०४६ मा पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलनको हाइकमान्ड सदस्य थिए । २०३५ सालमा नेकपा एमालेको  संस्थापक तथा पोलिटव्युरो सदस्य भएका नेता नेपाल २०३१ देखि ४६ भूमिगत राजनीति जीवन विताएका थिए । उनले २०३२ सालमा राजकाज अपराधको अभियोगमा दुई वर्ष जेलजीवन विताएका थिए । 

२०३२ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन(माले)को संस्थापक सदस्य, २०२८ मा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको सदस्य, २०२६ मा नेकपा –पुष्पलाल)समूहको सदस्य भएका नेता नेपाल किशोर अवस्थामै २०२२ सालदेखि कम्युनिष्ट आन्दोलनमा आकर्षित भएका थिए । सम्पर्क ९८५११६३४५१    
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी