• निर्वाचन समाचार
advertisement

अम्‍विका बस्‍नेत

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ३


अम्‍विका बस्‍नेत नेपाली कांग्रेस
उमेर / लिंग ६७ //महिला
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत १४८८४

अम्बिका बस्नेत काठमाडौं ३ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी छन्। पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गरेकी हुन्। कोइराला परिवारको संगतमा राजनीतिमा प्रवेश गरेकी बस्नेतको जन्म २००७ सालमा काठमाडौंमा भएको हो। 

उनका बाबुको नाम शिवध्वज बस्नेत र आमाको नाम कपिलकुमारी बस्नेत हो। उनी अविवाहित हुन्। बस्नेतले अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेकी छन्। २०२९ सालदेखि राजनीतिमा प्रवेश गरेकी बस्नेत २०३६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन्।  २०४२ सालको सत्याग्रहमा सक्रिय भई पटक पटक बन्दी जीवन बिताएकी बस्नेत नेपाली कांग्रेसको राजनीतिमा भने २०४६ सालदेखि सक्रिय भएकी हुन्।

२०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित भएकी बस्नेत त्यसपछिका २०६४ र २०७० सालको चुनावमा भने समानुपातिकतर्फबाट सभाषद बनेकी हुन्।  २०५९ सालमा नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित बस्नेत २०६१ सालमा काठमाडौँ कांग्रेसको जिल्ला सदस्य र नेपाल महिला संघको अध्यक्ष हुन्।  पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी बस्नेत शेरबहादुर देउवा नेतृत्वको सरकारको एक्लो महिला मन्त्री हुन्।

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी