• निर्वाचन समाचार
advertisement

गगन कुमार थापा

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ४


गगन कुमार थापा नेपाली कांग्रेस
उमेर / लिंग ४१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत २१५५८

 युवा नेता गगन थापा काठमाडौं ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। थापाको जन्म २०३३ सालमा सोलुखुम्बुमा भएको हो। उनका बुबाको नाम महेन्द्रकुमार थापा र आमाको नाम रामेश्वरी थापा हो। काठमाडौंको सिद्धार्थ वनस्थली हाईस्कुल पढेका थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

२०४६ सालबाट राजनीति सुरु गरेका थापा २०५९ देखि २०६१ सालसम्म नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्री भए। तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन विरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका नेता थापा आफ्नै पार्टीका शीर्ष नेताहरुका समेत आलोचक बने। उनी २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद् भए। 

त्यस्तै २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा भने उनले कांग्रेसका तर्फबाट प्रत्यक्ष चुनावमा भाग लिएका थापा काठमाडौं क्षेत्र ४ बाट विजयी भएका थिए। उनले  दोस्रो संविधानसभाको चुनावमा २२३३६ मत ल्याएर विजयी भएका थिए। दोस्रो संविधानसभाको चुनावबाट चुनिएपछि उनी २०७३ सालमा पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएर नौ महिना सरकारमा रहे।

उनको कार्यकालमा स्वास्थ्य क्षेत्रमा केही उल्लेख्य काम भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका थापा प्रखर वक्ताका रुपमा चिनिन्छन्। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गरेका थापाका श्रीमती र दुई छोरी छन्।

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी