• निर्वाचन समाचार
advertisement

प्रकाश शरण महत

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ५


प्रकाश शरण महत नेपाली कांग्रेस
उमेर / लिंग ५८ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत १३१६९

प्रकाशशरण महत काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको जन्म २०१६ सालमा नुवाकोटमा भएको हो।
 डा. महतले नेविसंघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य, परराष्ट्र राज्यमन्त्री, उर्जा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनको राजनीतिक यात्रा २०३६ सालदेखि सुरु भएको हो। विद्यार्थी जीवनदेखि राजनीति सुरु गरेका महत राजनीतिक गर्ने क्रममा पटक पटक पक्राउ परे। 

दुई सन्तानका पिता डा. महतले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन्। दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद भएका महत संविधान लेखनका समयमा संवैधानिक मस्यौदा समितिका सदस्यका रुपमा क्रियाशील रहे। रुपान्तरित संसदमा उनी कृषि तथा जल स्रोत समितिका सदस्य थिए। १५ वर्षअघि सात महिनाका लागि महत राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए। 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी