• निर्वाचन समाचार
advertisement

झक्कुप्रसाद सुवेदी

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ६


झक्कुप्रसाद सुवेदी नेकपा माओवादी केन्द्र
उमेर / लिंग ०० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ६
प्राप्त मत १५४८५

झक्कुप्रसाद सुवेदी काठमाडौं ६ बाट वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी २०४२ देखि ०४८ सम्म शिक्षण पेशामा आवद्ध थिए। गजुल गाविस ४ पानीपोखरा, रोल्पा स्थायी घर भएका सुवेदीले स्नातकसम्मको अध्ययन गरेका छन् ।

नेता सुवेदी २०४९ सालमा पहिलो पटक जिल्ला विकास समिति रोल्पाको सभापति भएका हुन्। २०५९ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भएका सुवेदी २०६३ देखि उपत्यका व्यूुरो सेक्रेटरीको जिम्मेवारी लिएका हुन् । सुवेदी २०६४ मा पहिलो संविधानसभा निर्वाचननमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

२०६४ सालको संविधानसभाको पहिलो चुनावमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौं क्षेत्र नम्बर २ मा पराजित गराएका थिए । वरिष्ठ नेता नेपाललाई पराजित गरेकै कारण त्यति बेला सुवेदीको चर्चा  बढेको थियो ।

तपाईको प्रतिक्रिया