• निर्वाचन समाचार
advertisement

भिमसेन दास प्रधान

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ६


भिमसेन दास प्रधान नेपाली कांग्रेस
उमेर / लिंग ०० /पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ६
प्राप्त मत १६७८५

भिमसेनदास प्रधान काठमाडौं ६ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। ०४२ सालमा भएको सत्याग्रहमा सामेल भएर कांग्रेसी छवी बनाएका प्रधानले ०५६ सालमा काठमाडौं जिल्लाको कांग्रेस जिल्ला सदस्यता लिएर ०५७ मा जिल्ला सचिव हुँदै ०५९ मा उपसभापति भएका हुन्। 

०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी जनाएका प्रधानले ६ महिना बन्दी जीवन बिताएका हु्न् । कांग्रेसको १२ औं महाधिवेशनबाट काठमाडौं सभापति भएका उनले २०४३ सालमा नेपाल प्राध्यापक संघका महासचिव र ०५५ मा सभापतिमा निर्वाचित भएर काम गरेका थिए । त्यसअघि तात्कालीन स्वास्थ्य मन्त्रालयका अनुसन्धान अधिकृतका रुपमा केही वर्ष काम गरेका थिए ।  

त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य, युनेस्को राष्ट्रिय समितिका सदस्य हुँदै वल्र्ड पिस फेडेरेसनबाट शान्ति अवार्ड प्राप्त गरेका प्रधान पशुपति विकास कोषका वोर्ड सदस्य र त्रिविवि प्राज्ञ परिषदका सदस्य भएका थिए । प्रधान मानव अधिकार तथा विकासका लागि व्यवसायिक एकताका सभापति,गणेशमान सिंह र जनआन्दोलन शहीद स्मृति शान्ति एकेडेमीका सभापति भए ।

प्रधानले २०७० सालको दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी भएका थिए । त्यतिबेला उनले १४ हजार १ सय ७७ मत प्राप्त गरेका थिए । २०२८ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका प्रधान ०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामा थिए । 

तपाईको प्रतिक्रिया