• निर्वाचन समाचार
advertisement

नविन्द्रराज जोशी

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ८


नविन्द्रराज जोशी नेपाली कांग्रेस
उमेर / लिंग ५४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ८
प्राप्त मत १२९५३

नवीन्द्रराज जोशी काठमाडौं ८ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशीको जन्म २०२० साल पुस २४ गते काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा भएको हो ।

 विज्ञान संकायमा स्नातक तथा वाणिज्य संकायमा स्नातकोत्तर गरेका जोशीले वि.सं. २०३५ सालमा राजनीति क्षेत्रमा प्रवेश गरेका हुन् । २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर भएका जोशी २०६४ सालमा भएको संविधानसभा चुनावमा काठमाडौं ८ बाट ११ हजार ५ मत प्राप्त  गरी विजयी भएका थिए ।

 त्यस्तै दोस्रो संविधानसभाको चुनावमा पनि उनले काडमाठौं ८ बाट १३७७४ मत प्राप्त गरी विजयी भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा उद्योग मन्त्री भएका जोशीले राजनीति गर्ने क्रममा एक वर्ष जेल जीवन बिताए।
 

तपाईको प्रतिक्रिया