• निर्वाचन समाचार
advertisement

कृष्णगोपाल श्रेष्ठ

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ९


कृष्णगोपाल श्रेष्ठ नेकपा एमाले
उमेर / लिंग ५९ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ९
प्राप्त मत २२८५२

कृष्ण गोपाल श्रेष्ठ काठमाडौं ९ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। २०१५ साल आश्विन १५ गते जन्मिएका नेता श्रेष्ठले अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन्। २०३५ सालदेखि माले निकट विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ ३८ सालमा माले काठमाडौंको जिल्ला सचिव भएका थिए।

२०४८ सालमा काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ २०५६ सालको मध्यावधी निर्वाचनमा काठमाडौं ५ बाट विजयी सभासद हुन् । २०५९ सालमा स्थानिय विकास राज्य मन्त्री भएका नेता श्रेष्ठ हाल नेकपा एमालेको पार्टी हेडक्वाटर सचिवालयका सचिव हुन्। सम्पर्क ९८५१०४१५५०

तपाईको प्रतिक्रिया