• निर्वाचन समाचार
advertisement

ध्यानगोविन्द रंजित

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ९


ध्यानगोविन्द रंजित नेपाली कांग्रेस
उमेर / लिंग ७० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - ९
प्राप्त मत १४८०२

ध्यानगोविन्द रन्जित काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २०१७ सालमा तत्कालीन राजा महेन्द्रले नेपाली कांग्रेसका सभापति विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा रहेको दुई तिहाई बहुमतसहितको सरकारलाई सैनिक बलद्वारा अपदस्त गर्दा कालो झण्डा बोकेर सडकमा उत्रेका थोरै कार्यकर्तामा पर्छन् । राजाको शासनका विरोधमा लागेकाले राजद्रोहको आरोपमा जेल, नेल, भूमिगत र प्रवास भोगेका रञ्जितले उच्च शिक्षा जन प्रशासन, कानुनमा स्नातकका साथै राजनीति शास्त्रमा स्नातकोत्तरसम्म जेलभित्रैबाट प्राप्त गरेका हुन् । 

काठमाडौंमा नारायण गोविन्द र मोहनदेवीको कोखबाट २००४ मा जन्‍मिएका हुन् । कांग्रेस पार्टीमार्फत राजनीतिमा होमिएका रञ्जितलाई मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनापछि नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको सभापति बनाइयो ।

एमालेले काठमाडौंका सम्पूर्ण संसदीय क्षेत्रमा विजयी हाँसिल गरिरहेको अवस्थामा उनकै नेतृत्वमा पहिलो पटक कांग्रेसले काठमाडौंका बहुमत क्षेत्रमा विजयी हाँसिल गर्‍यो । २०१४ मा भएको भद्र अवज्ञा आन्दोलनबाट राजनीति सुरु गरेका रञ्जित नेपाल विद्यार्थी संघका संस्थापक भए । रञ्जितले एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै दुईपटक संविधानसभामा निर्वाचित भए। 

तपाईको प्रतिक्रिया