• निर्वाचन समाचार
advertisement

राजेन्द्रकुमार केसी

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - १०


राजेन्द्रकुमार केसी नेपाली कांग्रेस
उमेर / लिंग ५९ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काठमाण्डौ
युनिट निर्वाचन क्षेत्र - १०
प्राप्त मत २४१९०

राजेन्द्रकुमार केसी काठमाडौं १० बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । नेपाली कांग्रेसका नेता केसी बुबा पदमबहादुर केसी तथा आमा टोलकुमारी केसीको कोखबाट २०१५ साल असार २८ गते काठमाडौंको कीर्तिपुर नगरपालिकामा जन्मिएका हुन् । 

नेता केसीले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय रहेका केसी २०४९ सालमा चोभार गाविसको अध्यक्षमा विजयी भएका थिए । २०५४ सालमै उनी जिल्ला विकास समिति काठमाडौंको सदस्य भए । २०५४ सालकै स्थानीय चुनावमा नगर समितिको सभाषदमा विजयी भएका हुन् । २०५१ र २०५६ सालमा पार्टीको क्षेत्रीय सभापति भएका केसी ४ पटक महासमिति सदस्य भए।

 तर बाह्रौ महाधिवेसनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको सभापतिमा भने उनले पराजित भोग्नु पर्यो । केसी २०६४ सालको चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए । तर २०७० सालको चुनावमा भने माओवादी अध्यक्ष प्रचण्डलाई नै पराजित गर्दै विजयी भएका भए । हाल उनी युवा तथा खेलकुद मन्त्री हुन् ।

तपाईको प्रतिक्रिया