• निर्वाचन समाचार
advertisement

रामशरण महत

प्रदेश ३ नुवाकोट निर्वाचन क्षेत्र - १


रामशरण महत नेपाली कांग्रेस
उमेर / लिंग ६७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला नुवाकोट
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १८३९४

डा. रामशरण महतको जन्म बि.सं. २००७ साल पुष १७ गते नुवाकोट जिल्लाको कविलास ८ मा भएको हो । उनका बुबाको नाम खड्गबहादुर र आमाको नाम टोलकुमारी महत हो। महतका एक छोरी र एक छोरा छन् । उदारवादी अर्थतन्त्रका हिमायती महतले अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन्। उनले २०३० सालमा राजनीति सुरु गरेका हुन्। 

उनी बिसं २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्लाको क्षेत्र नम्वर २ बाट  विजयी भएका महतका २०४७ मा प्रजातन्त्रको पुनस्थापनापछि महत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए। नेपाली कांग्रेसको सरकारमा पटक–पटक अर्थमन्त्रीको जिम्मेदारी सम्हाल्दै आएका डा.महत परराष्ट्रमन्त्री समेत रहिसकेका छन्। 

डा. महत विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घ मार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका थिए। नेपाल विद्यार्थी संघका महामन्त्री समेत रहिसकेका उनले पञ्चायतकाल छँदै संयुक्त राष्ट्रसंघीय निकायमा माथिल्लो ओहदामा रही काम गरिसकेका छन्। राजनीति गर्ने क्रममा महतले ३ वर्ष जेल जीवन बिताएका छन्। 
 

तपाईको प्रतिक्रिया