• निर्वाचन समाचार
advertisement

पुष्पकमल दाहाल प्रचण्ड

प्रदेश ३ चितवन निर्वाचन क्षेत्र - ३


पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला चितवन
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ४८२७६

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म २०११ मंसिर २६ गते बुबा मुक्तिराम र आमा भवानीको जेठो छोराको रुपमा कास्की जिल्लाको ढिकुरपोखरीमा भएको हो। उनको प्रारम्भिक शिक्षा त्यहीँबाट शुरु भयो। उनले २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरे। २०२९ मा पाटन क्याम्पसबाट आइएस्सी र २०३३ मा रामपुर क्याम्पसबाट स्नातक गरेका दाहालले एमपीएसम्मको अध्ययन गरेका छन्। उनी २०३८ देखि २०६३ सम्म भूमिगत रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामले चिनिन्थे।  

२०२६ बैशाखमा सीता पौडेलसँग वैबाहिक सम्बन्धमा गाँसिएका प्रचण्डका तीन छोरी छन्। उनका एक मात्र छोरा प्रकाश दाहालको हालै निधन भयो। शुरुमा उनले नारायणी विद्या मन्दिर शिवनगर, डण्डा मावि नवलपरासी, भीमोदय मावि आरुघाट, गोरखामा अध्यापन गरे।  प्रचण्डले २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर राजनीतिक जीवन शुरु गरे। उनले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरे। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए। उनी  २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव हुँदै २०४० सालमा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए।

प्रचण्ड २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। २०४२ सालमा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भए। २०५२ सालमा आफ्नै नेतृत्वमा जनयुद्ध शुरु गरका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए। २०५८ मा ‘जनमुक्ति सेना नेपाल’ को सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भए। उनी २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए। २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित भए। २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित भए।  

उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ १० र रोल्पा २ बाट निर्वाचित भएका थिए। २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी सिराहा ५ बाट निर्वाचित  भए। पुष्पकमल दाहाल प्रचण्ड २०७३ साउन १९ गते प्रधानमन्त्री निर्वाचित भए। प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन्।

तपाईको प्रतिक्रिया