• निर्वाचन समाचार
advertisement

पम्फा भुसाल

प्रदेश ३ ललितपुर निर्वाचन क्षेत्र - ३


पम्फा भुसाल नेकपा माओवादी केन्द्र
उमेर / लिंग ५५ //महिला
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला ललितपुर
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २४०३६

पम्फा भुसाल ललितपुर ३ बाट माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। नेकपा माओवादी केन्द्रकी नेतृ भुसाल २०१९ सालमा अर्घाखाँची किँम डाँडा ५ आँपखोलामा जन्मिएकी हुन्। उनी पहिलो संविधानसभा निर्वाचनमा ललितपुर ३ बाट विजयी सभासद  हुन्। भुसालले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। 

उनी २०७० सालमा भने चुनाव बहिस्कार गर्ने मोहन वैद्य किरण नेतृत्वको दलमा आवद्ध थिइन। नेतृ भुसाल २०५० मा संयुक्त जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी हुन्। २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बनेकी भुसालले पटक पटक गरी ३ वर्ष जेल जीवन विताएकी छन्। भुसाल माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी हुन्।

भुसालले आर्किटेक्चरमा स्नातक, शिक्षामा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर पास गरेकी छन्। माओवादीकी केन्दीय सदस्य भुसाल हाल पार्टी प्रवक्ता  हुन्। सम्पर्क ९८५११०३१६६
 

तपाईको प्रतिक्रिया