• निर्वाचन समाचार
advertisement

कमल थापा

प्रदेश ३ मकवानपुर निर्वाचन क्षेत्र - १


कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी
उमेर / लिंग ६२ //पुरुष
पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला मकवानपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३४६५८

कमल थापा राप्रपा नेपालको तर्फबाट मकवानपुर १ प्रतिनिधी सभा सदस्य उम्मेदवार हुुन् । उनको जन्म २०१२ सालमा बाबु कर्णेल छत्रबहादुर थापा र आमा विष्णुकुमारी थापाको कोखबाट काठमाण्डौको डिल्लीबजारमा भएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापा विगत ४५ वर्षदेखि राजनीतिमा छन् । स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका थापा, मण्डलको केन्द्रीय सभापति, संविधान सुधार आयोगको सदस्य, राखेप सदस्य, एन्फा अध्यक्ष भए । उनीसँग ओलम्पीक कमिटि महासचिवको रुपमा काम गरेको अनुभव छ । एसियाली फुटबल महासंघको सदस्य, फुटबलको राष्ट्रिय टिमको क्याप्टेन समेत रहेका उनी टेनिस भेट्रान्स ५५  वर्ष माथिको दक्षिण एसिया.च्याम्पियन भएका थिए । उनले केही समय बन बिज्ञान अध्ययन संस्थान हेटौंडामा प्राध्यापन गरेका थिए । उनका बिभिन्न पुस्तकहरु  प्रकाशित छन् । उनी २०५१ मा  मकवानपुर १ बाट निर्वाचित भएका थिए । । उनीसँग शिक्षा, सञ्चार, स्वास्थ्य, परराष्ट्र, गृह लगायत बिभिन्न मन्त्रालयका मन्त्री पदको अनुभव छ । राप्रपा नेपालको अध्यक्ष रहेका थापा हाल उपप्रधान तथा उर्जा मन्त्री छन् । 
मोबाईल ः ९८५१०१४५०१ निवास ः ०१–४४१४७२८
 

तपाईको प्रतिक्रिया

प्रतिस्पर्धी