• निर्वाचन समाचार
advertisement

शशांक कोइराला

प्रदेश ४ नवलपरासी (प्र. ४) निर्वाचन क्षेत्र - १


शशांक कोइराला नेपाली कांग्रेस
उमेर / लिंग ६० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला नवलपरासी (प्र. ४)
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४०६२०

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला वीपीका कान्छा छोरा हुन्। वीपी कोइराला ०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला ०१५ कार्तिक ८ गते विराटनगरमा शशांकको जन्म भएको हो। वीपी जेल परेपछि शशांक भारतको बनारसमा पुगे र उतै उनले विद्यालय तहको अध्ययन पूरा गरे।  शशांकले भारतमै आइएस्सी  र एममीबीबीएस अध्ययन गरे।

पेशागत दक्षताका हिसाबले आँखाका डाक्टर रहेका ६० वर्षीय डा शशांक बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। डा. कोइराला नवलपरासीबाट संविधानसभामा दुई कार्यकाल विजयी जनप्रतिनिधिसमेत हुन्। 

जनआन्दोलनकै क्रममा उनी ०६३ सालमा पनि उनी प्रहरी हिरासतमा पनि परे।राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गर्दै आएका थिए। 

तपाईको प्रतिक्रिया