• निर्वाचन समाचार
advertisement

रामचन्द्र पौडेल

प्रदेश ४ तनहुँ निर्वाचन क्षेत्र - १


रामचन्द्र पौडेल नेपाली कांग्रेस
उमेर / लिंग ७४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला तनहुँ
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २७६९०

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जन्म बि.सं.२००१ साल असोज ३० गते रिस्ती–२ तनहुँमा भएको हो । उनका बुबाको नाम दुर्गाप्रसाद पौडेल र आमाको नाम ऋषिमाया पौडेल हो । मानविकी संकायमा स्नातकोत्तर गरेका पौडेलले विद्यार्थी हुँदा नै बि.सं. २०१७ सालदेखि राजनीति थालेका हुन्। 

नेपाली राजनीतिका पाका नेता मध्येका एक पौडेल २०४६ सालको राजनीतिक परिवर्तन भएपछि भएका सवै चुनाव जित्ने थोरै नेतामध्ये एक हुन्। बि.सं. २०४८,  २०५१, २०५६, २०६४ र २०७० सालमा भएका निर्वाचनमा उनी विजयी भए।

पौडेलले राजनीतिकै क्रममा पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्। संसदका सभामुख, विभिन्न सरकारमा कृषि मन्त्री, शान्ति तथा पूननिर्माण मन्त्री भएका पौडेल उपप्रधानमन्त्रीसमेत भइसकेका छन्।  
 

तपाईको प्रतिक्रिया