• निर्वाचन समाचार
advertisement

देव राज चालिसे

प्रदेश ४ कास्की निर्वाचन क्षेत्र - २


देव राज चालिसे नेपाली कांग्रेस
उमेर / लिंग ५७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला कास्की
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत १८६६१

देवराज चालिसे नेपाली कांग्रेसको तर्फबाट कास्की २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको २०१७ साल असोज २० गते पोखरा लेखनाथमा बाब जनकराज चालिसे र आमा तारादेवी चालिसेको कोखबाट भएको हो ।    स्नातकोत्तर सम्मको अध्ययन गरेका चालिसे २०३५ सालमा पिएन क्याम्पसमा पढ्दा नेविसंघको सदस्यता लिए ।

उनी २०३५ सालमा नेविसंघ कास्कीको सचिव, २०३९ सालमा पिएन क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार, २०४५/०४६ को केन्द्रिय आन्दोलन समन्वय समितिको सदस्य भए । उनी २०५१ देखि २०५३ साल सम्म त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भए ।

उनी २०५१ सालमा कर्णाली अञ्चलको नेपाली काँग्रेस पार्टी ईञ्चार्ज बने । उनी २०५२ सालदेखि महासमिति सदस्य बने । उनी नेपाली काँग्रेसको केन्द्रिय प्रशिक्षकको रुपमा समेत कार्यरत छन् । चालिसेले २०४२ देखि २०४५ सम्म २ बर्ष ३ महिना  जेल जीवन बिताए । चालिसेले २०५७ देखि २०७४ सम्म पिएन क्याम्पसमा राजनीतिशास्त्र प्राध्यापक समेत गरे ।

उनी जनप्रिय माविको संचालक समिति अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक सदस्य २०४८,जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष समेत भइ । मोवाइल    ९८५६०२१०६३    

तपाईको प्रतिक्रिया