• निर्वाचन समाचार
advertisement

गोपाल मान श्रेष्ठ

प्रदेश ४ स्याङजा निर्वाचन क्षेत्र - २


गोपाल मान श्रेष्ठ नेपाली कांग्रेस
उमेर / लिंग ७० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ४
जिल्ला स्याङजा
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३१४३६

नेपाली कांग्रेसका उपसभापति पद सम्हालिसकेका गोपालमान श्रेष्ठ कांग्रेसका पुराना नेता हुन्। उनको जन्म २००४ साल असार २१ गते बाबु शंखनारायण श्रेष्ठ र आमा चमेली श्रेष्ठको कोखबाट भएको हो ।  २०७० सालको निर्वाचनमा स्याञ्जा १ बाट निर्वाचित उनी २०४८ र २०५६को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।

उपप्रधान एवम् शिक्षामन्त्री रहेका उनले भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्। काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ नेपाली काङ्ग्रेस(प्रजातान्त्रिक) का कार्यवाहक सभापति थिए।  

२०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६को जनमतसंग्रह,२०४२को सत्याग्रह,२०४६को जनआन्दोलन र २०६२–६३को दोस्रो जनआन्दोलनका सक्रिय सहमागी भए। अर्थशास्त्रका स्नातक गोपालमान श्रेष्ठको राजनीति वाहेकको पेशा व्यापार हो र उनी रेडक्रसका आजीवन सदस्य समेत हुन्। राजनैतिक यात्राका क्रममा साढे पाँच वर्ष जेलमा विताएका श्रेष्ठको रुचि समाजसेवामा पनि छ। 

तपाईको प्रतिक्रिया