• निर्वाचन समाचार
advertisement

बलबहादुर साम्सोहाङ

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १ (क )


बलबहादुर साम्सोहाङ नेकपा एमाले
उमेर / लिंग ४७ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ताप्लेजुङ
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १५४१७

बलबहादुर साम्सोहाङ नेकपा एमालेको तर्फबाट ताप्लेजुङ जिल्ला प्रदेशसभा (क) का उम्मेदवार हुन्। उनको जन्म २०२७ साल मंसिर २ गते चाक्सिबोटेमा बाबु जसबहादुर साम्सोहाङ र आमा फिपावती साम्सोहाङको कोखबाट भएको हो। स्नातक तहसम्मको अध्यययन गरेका साम्सोहाङ २०३७ सालदेखि राजनीतिमा संलग्न छन्। उनी २०४५ देखि २०५१ सालसम्म अनेरास्ववियु जिल्ला अध्यक्ष, २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य, त्यसपछि जिल्ला सचिव हुँदै हाल नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङको अध्यक्ष भए। बलबहादुरसँग २०६४ देखि २०७४ सालसम्म पाथिभरा बहुमुखी क्याम्पसको अध्यक्ष एवं पाथिभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ। सम्पर्क : ९८४२६६०५९८

तपाईको प्रतिक्रिया