• निर्वाचन समाचार
advertisement

गोविन्दराज पोखरेल

प्रदेश ५ प्यूठान निर्वाचन क्षेत्र - १


गोविन्दराज पोखरेल नेपाली कांग्रेस
उमेर / लिंग ५१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला प्यूठान
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३१२८६

मल्लरानी गाउँपालिका–३ रस्पुरकोट चौरपानी प्यूठानका गोविन्दराज पोख्रेलको जन्म २०२३ साल माघ ६ गते भएको हो ।

उनका बुवाको नाम विष्णुप्रसाद पोख्रेल र आमाको नाम इस्मादेवी पोख्रेल हो । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, राष्ट्रिय पूनःनिर्माण प्राधिकरणको निवर्तमान प्रमुख कार्यकारी अधिकृत(सिइओ), बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्व कार्यकारी निर्देशक र त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको पूर्व प्राध्यापक हुन् ।

उनले जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयबाट स्नातकोत्तर र ऊर्जा अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) हासिल गरेका छन् । उनलाई विपद् व्यवस्थापन र ऊर्जा विज्ञको रुपमा समेत धेरैले चिन्ने गर्छन् । २०४२ सालमा नेपाली कांग्रेसको साधारण सदस्य लिएका पोख्रेलले ०५६ सालमा क्रियाशिल सदस्य पाएका थिए । मोवाइलः ९८५११००४०७,  

तपाईको प्रतिक्रिया