• निर्वाचन समाचार
advertisement

वर्षमान पुन

प्रदेश ५ रोल्पा निर्वाचन क्षेत्र - १


वर्षमान पुन नेकपा माओवादी केन्द्र
उमेर / लिंग ४६ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला रोल्पा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४२०८४

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त वाम गठबन्धनका तर्फबाट एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। बुबा इर्खरामा पुन तथा आमा तीर्थमाली पुनको कोखबाट २०२८ साल जेठ १८ गते रोल्पा नगरपालिका ७ माडीचोरमा जन्मिएका हुन्। कानुनमा प्रमाणपत्र तह उत्तीर्ण पुन २०४२ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन्। २०५० देखि २०६३ सम्म भूमिगत जीवन बिताएका पुनले दुई पटक (२४/२४ दिन) जेल जीवन बिताएका छन्। पुनले रोल्पा जिल्ला सेक्रेटरी, प्युठान, जाजरकोट, मेचीकोशी इन्चार्ज हुँदै राजधानी विशेष कमाण्ड इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै पश्चिम र पूर्वी कमाण्ड इन्चार्ज, भ्याली विशेष कमाण्ड इन्चार्ज र लडाकु कमाण्डर पुन दुई पटक मन्त्री भएर। उनले शान्ति मन्त्रालय र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। माओवादी केन्द्रका सचिवालय सदस्य पुन र प्रदेश नम्बर ५ का इन्चार्ज हुन्।

तपाईको प्रतिक्रिया