• निर्वाचन समाचार
advertisement

दीपक गिरी

प्रदेश ५ दाङ निर्वाचन क्षेत्र - ३


दीपक गिरी नेपाली कांग्रेस
उमेर / लिंग ५६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला दाङ
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ३३७३०

दीपक गिरीको जन्म २०१८ सालमा दाङ हेकुलीको सुकदेवामा भएको हो। उहाँका बुबाको नाम लोकमणि गिरी र आमाको नाम छायाँ गिरी हो। उहाँको श्रीमती, एक छोरा र एक छोरी छन्। उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर  उत्तीर्ण गर्नुभएको छ।

२०३३ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य भएका गिरी २०३४ सालमा दाङको क्षेत्र नम्बर ४ को नेपाली कांग्रेसको सभापति भएर काम गर्नुभयो। २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य भएका गिरी २०३९ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति पदमा पराजित हुनुभएको थियो।

उहाँले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको महासचिव भएर काम गर्नुभयो।

२०४२ सालको सत्याग्रह आन्दोलन केन्द्रीय एक्सन कमिटीको सदस्य भएर काम गरेका गिरी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ। २०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ दाङ क्षेत्र नम्वर ५ मा पराजित हुनुभएको थियो। उहाँले दाङको राप्ती बबई बहुमुखी क्याम्पसमा १२ वर्ष सञ्चालक समितिको अध्यक्ष भएर काम गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया