• निर्वाचन समाचार
advertisement

वामदेव गौतम

प्रदेश ५ बर्दिया निर्वाचन क्षेत्र - १


वामदेव गौतम नेकपा एमाले
उमेर / लिंग ७० //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला बर्दिया
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४४०७६

वामदेव गौतम बर्दिया १ नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २००५ साल असार २५ गते बाबु कविराम गौतम र आमा पदमादेवी गौतमको कोखबाट जन्मिएका हुन् । गौतमले एसएलसी सम्मको अध्ययन गरेका छन् । बाँसगढी नगरपालिका वडा नंं ८ ककौरा स्थायी ठेगाना भएका गौतम २०२१ सालदेखि राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । राजनीतिक यात्राका क्रममा २१ वर्ष भूमिगत भएका गौतमले दुई वर्ष जेल जीवन बिताए । २०२६ सालमा कहलिहवा क्याम्पस भैरहवाबाट भूमिगतभएका गौतम किसान संघ क्रान्तिकारीको सचिव भए । २०५८ सालमा किसान संघका अध्यक्ष समेत भएका गौतम पाँचौ महाधिवेशनबाट पोलिटव्युरो सदस्य भएका हुन् । राज्यव्यवस्था समितिका सदस्य गौतम संसदीय लेखा समितिका सदस्य थिए । सम्पर्क नं. ९८४३७७०२७१

तपाईको प्रतिक्रिया