• निर्वाचन समाचार
advertisement

पूर्णबहादुर खड्का

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - १


पूर्णबहादुर खड्का नेपाली कांग्रेस
उमेर / लिंग ६२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३३३७७

पूर्णबहादुर खड्का सुर्खेत १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदरवार हुन्। उनी बुबा प्रेमबहादुर खड्का तथा आमा मायादेवी खड्काको कोखबाट २०१२ साल फागुन १७ गते सुर्खेतको पाम्कामा जन्मिएका हुन्। अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण खड्का २०३१ सालदेखि पार्टीगत राजनीतिमा आवद्ध भएका हुन् । खड्का २०६४ सालको संविधानसभामा समानुपातिक तर्फबाट सभासद् बनेका थिए भने ०४८, २०५१, २०५६ र २०७० सालको निर्वाचनमा सुर्खेत क्षेत्र नम्वर १ बाट विजयी भएका हुन् ।  उनी प्रजातन्त्रको पुनर्स्थापनपछि बाणिज्य, युवा तथा खेलकुद, संस्कृति, जनसंख्या, वातावरण, सुचना तथा सञ्चार, उद्योग तथा गृहमन्त्री भइसकेका छन्। राजनीति गर्ने क्रममा ५ महिना जेल जीवन बिताएका खड्का लामो समय नेपाली कांग्रेसको केन्द्रीय सदस्य र पार्टी विभाजनका समयमा नेपाली कांग्रेस प्रजातान्त्रिकको पनि केन्द्रीय सदस्य थिए।

तपाईको प्रतिक्रिया