• निर्वाचन समाचार
advertisement

शेरबहादुर देउवा

प्रदेश ७ डडेलधुरा निर्वाचन क्षेत्र - १


शेरबहादुर देउवा नेपाली कांग्रेस
उमेर / लिंग ०० /पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला डडेलधुरा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २८०४४

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन्। 

बाल्यकालदेखि नै राजनीतिप्रति चासो राख्नुहुने देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिएका हुन। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुन्।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। उनकी  धर्मपत्नी डा आरजु पनि कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधि सभा उम्मेदवार छिन्। 

नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४मा डडेल्धुरा  र कञ्चनपुर ४ बाट निर्वाचित भएका थिए भने २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा र कैलाली ६ बाट निर्वाचित भएका थिए। उनले २०४८ सालमा गृहमन्त्री, २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री, २०५९ मा दोस्रो पटक, २०६१ सालमा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। 

तपाईको प्रतिक्रिया