• निर्वाचन समाचार
advertisement

सुरक्षा अवस्था 'मजबुत'

सुरेन्द्र काफ्ले | बिहिबार, ०७ मङि्सर २०७४


नेपालगन्जमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरी । अन्नपूर्ण

नेपालगन्ज: स्थानीय प्रशासनले निर्वाचनविरोधी गतिविधि हुन नदिन प्रदेश नम्बर ५ मा उच्च सुरक्षा सतर्कता अपनाएको छ । पहिलो चरणको निर्वाचन हुने दुई र दोस्रो चरणको निर्वाचन हुने १० जिल्लामा उच्च सतर्कता अपनाएको प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले जानकारी दिए ।

पहिलो चरणको निर्वाचन हुने पूर्वी रूकुम र रोल्पाको अनुगमनमा रहेका लामाले रोल्पा र रूकुममा निर्वाचन बहिष्कार गर्नेले शक्ति प्रदर्शन गर्न खोजिरहेको बताए । उनले निर्वाचन बहिष्कारलाई निस्तेज पार्न व्यापक रूपमा प्रहरी परिचालन गरिरहेको बताए । उनले निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न प्रहरी सक्षम रहेको दाबी गरे ।

‘पहिलो चरणमा यो प्रदेशका दुई जिल्लामा मात्र निर्वाचन हुँदै छ', उनले भने, ‘पर्याप्त जनशक्ति परिचालन गर्न सकिन्छ ।'

उनले रोल्पा र रूकुमको सुरक्षा अनुगमनमा आफू रहेको जानकारी दिए । ‘म रूकुम हुँदै रोल्पा आएको छु, रूकुममा सुरक्षा अवस्था मजबुत छ', उनले भने, ‘रोल्पामा निर्वाचन बहिष्कारवालाले शक्ति प्रदर्शन गर्न खोजिरहेका छन्, त्यसलाई सफल हुन हामी दिन्नौं ।'

उनले सुरक्षा सतर्कताका कारण रोल्पाको अवस्था सामान्य हुँदै गएको दाबी गरे । भयरहित ढंगले मतदान गर्ने वातावरण मिलाउने उनले बताए ।

उनले दोस्रो चरणको निर्वाचन भने सीमित जनशक्तिका कारण चुनौतीपूर्ण रहेको बताए । यो प्रदेशका बर्दिया, बाँके, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी जिल्लामा दोस्रो चरणअन्तर्गत मंसिर २१ निर्वाचन हुन लागेको छ । दोस्रो चरणको निर्वाचनमा नेकपाका साथै खुला सिमानाको चुनौती बढ्ने आकलन छ ।

‘दोस्रो चरणमा पर्याप्त जनशक्ति रहँदैन तापनि केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा संयन्त्र लाग्नेछ', उनले भने ।
बाँकेका सबै मतदान केन्द्र संवेदनशील
बाँकेका अधिकांश मतदान केन्द्र सुरक्षा दृष्टिले अति संवेदनशील सूचीमा परेका छन् । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले १३६ मतदान केन्द्रमध्ये १०१ वटा अति संवेदनशील सूचीमा रहेको जानकारी दिए । ३५ मतदान केन्द्र संवेदनशील सूचीमा छन् । सामान्य मतदान केन्द्र नभएको स्थानीय प्रशासनले जनाएको छ ।

मतदान केन्द्र र मतदानस्थलको सुरक्षा चुनौती विश्लेषण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीले बताए । अहिलेसम्म कुनै उम्मेदवारलाई असुरक्षा भएको जानकारी नपाएको उनको भनाइ छ । ‘असुरक्षित भएको महसुस हुनासाथ पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) खटाउने व्यवस्था मिलाएका छौं', उनले भने, ‘अहिलेसम्म कतैबाट पीएसओ माग भएको छैन ।'

साविक कालाफाँटा, नरैनापुर, लक्ष्मणपुर कटकुइँया, मटेहिया गाविसका मतदान केन्द्र अति संवेदनशील रहेको प्रशासनले जनाएको छ । सडक सञ्जाल नपुगेका मतदान केन्द्रमा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । ‘बाँकेका ३–४ वटा मतदान केन्द्र सडक नभएका छन्', उनले भने ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार